अभिनेता आर्यन सिग्देल अभिनित फिल्म ‘डिसेम्बर फल्स’ आजदेखि प्रदर्शन भएको छ। लामो समयको अन्तरालपछि फिल्ममा फर्किएका आर्यन नयाँ फिल्मको तयारीमा पनि छन्।
आर्यनलाई लिएर निर्देशक विशाल भण्डारीले नयाँ फिल्म घोषणा गरेका हुन्। भण्डारीले आर्यनलाई धनिराम बनाउने भएका छन्, अर्थात् फिल्म ‘धनिराम’ बनाउने भएका छन्।
फिल्म ‘डिसेम्बर फल्स’को प्रमोसनका लागि ‘कमेडी क्लब विथ च्याम्पियन्स’मा पुगेका आर्यनसँग बनाएको भिडिओ पोस्ट गर्दै विशालले फिल्मको नयाँ नायक हुन सक्ने संकेत गरेका थिए।
यसैबीच आज विशालले सामाजिक सञ्जालमा स्टोरी सेयर गर्दै नयाँ फिल्म बनाउन लागेको बताएका छन्। योसँगै फिल्मी बजारमा आर्यन र विशालको सहयात्राको चर्चा सुरु भएको छ।
45
Shares
प्रतिक्रिया