निर्माण घोषणा भएको नयाँ फिल्म ‘हात्तिछाप’मा अभिनेत्री उपासनासिंह ठकुरी अनुबन्ध भएकी छन्। उनले फिल्ममा शीर्ष भूमिकामा अभिनय गर्नेछिन्।
सिमोस सुनुवारले निर्देशन गर्न लागेको यो फिल्म किरण नेपालीले निर्माण गर्न लागेका हुन्। किरण यो वर्षको हिट फिल्म ‘दुई नम्बरी’का समेत निर्माता हुन्। नेपालीले नयाँ फिल्म ‘हात्तिछाप’मा पुरानो फिल्म ‘दुई नम्बरी’का स्टारकास्ट नै दोहोर्याउने भएका छन्।
‘दुई नम्बरी’मा काम गरेका दयाहाङ राई र सौगात मल्लले ‘हात्तिछाप’का लागि औपचारिक सम्झौता गरिसकेका छन्। सामाजिक विषयवस्तुमा निर्माण हुने ‘हात्तिछाप’को कथा, पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेखेका हुन्।
बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रकाश घिमिरेलगायत कलाकारले पनि अभिनय गर्ने ‘हात्तिछाप’मा दीपक मनाङे र अमलादेवी राईले लगानी गर्ने छन्। फिल्म आगामी चैतबाट छायांकनमा जाने छ।
Shares
प्रतिक्रिया