गायक कैलाश खेरविरुद्ध कर्नाटकको एक सांगीतिक कार्यक्रममा हमला भएको छ।
भरतीय सञ्चारमाध्यमका अनुसार कन्सर्टका बेला गायकविरुद्ध बोतल प्रहार गरिएको हो। उनलाई बोत्तलले हान्ने व्यक्तिलाई प्रहरीले तत्काल पक्राउ गरेको छ।
गायक कैलाश खेर आइतबार कर्नाटकको हम्पीमा आयोजित कन्सर्टमा सहभागी हुन पुगेका थिए। बोत्तल प्रहारको असर उनमा परेको/नपरेको भन्ने कुरा भने उल्लेख गरिएको छैन।
कैलाश खेरले भने सोमबार बिहान एक ट्विट गरेका छन्। भिडिओ पोस्ट गर्दै उनले लेखेका छन्, ‘जब पुनित राजकुमारजीलाई कैलासा संगीतमय श्रद्धाञ्जली दिइयो। पूरा विजयनगर साथ झुमिरहेको थियो। भावाकुल भइरहे कैलासासँग। कैलाश लाभइ कन्सर्टको हम्पी उत्सव सन् २०२३ को समापन निकै भावनात्मक रह्यो।’
उनले पनि आफ्नो ट्विटमा आफूविरुद्ध हमला भए/नभएको कुरा उल्लेख गरेका छैनन्।
Shares
प्रतिक्रिया