ad ad

कला


दया र मिरुनाको सम्बन्धमा आयो यस्तो उतारचढाव

दया र मिरुनाको सम्बन्धमा आयो यस्तो उतारचढाव

नेपालखबर
फागुन ३, २०७९ बुधबार ११:२७, काठमाडौँ

नेपाली कथानक चलचित्र ‘जारी’को टिजर सार्वजनिक गरिएको छ। अभिनेता दयाहाङ तथा अभिनेत्री मिरुना मगरले शीर्ष भूमिकामा रहेर अभिनय गरेको फिल्म ‘जारी’को सार्वजनिक टिजरमा यी दुईको सम्बन्धमा आएको उतारचढाव देखाइएको छ। फिल्म आगामी वैशाख १ गतेबाट रिलिज हुँदै छ। 

उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको ‘जारी’टिजरमा नेपालको पूर्वी पहाडको लिम्बू समुदायको परम्परा, संस्कृति, भेषभूषा र परिवेशलाई प्रस्तुत गर्न खोजिएको छ। उपेन्द्र यही फिल्ममार्फत निर्देशनमा डेब्यु गर्दै छन्। 

२ मिनेट ४६ सेकेन्ड लामो टिजरमा कुनै पनि संवाद समावेश गरिएको छैन। कविताबाट सुरु भएर कवितामै टुंगिएको छ। पारिवारिक भूमिकामा देखिएका दयाहाङ राई र मिरुना मगर बीचको माया प्रेम र उनीहरूको सम्बन्धमा आएको उतारचढावको कथा फिल्ममा समेटिएको छ।

जारी प्रथामा आधारित फिल्ममा दयाहाङ र मिरुनाका साथमा प्रेम सुब्बा, विजय बराल, रेखा लिम्बू, रोयदीप श्रेष्ठ, कमलमणि नेपाल, पुष्कर गुरुङलगायत कलाकारले अभिनय गरेका छन्।

फिल्ममा सुरेश लिम्बूको कथा, झुमा लिम्बू र गङ्गा थापाको सङ्गीत, शैलेन्द्र कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ। फिल्ममा रामबाबु गुरुङले लगानी गरेका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .