ad ad

राजनीति


कामुको भरमा चलाइँदा सर्वोच्च अदालत अस्तव्यस्त देखियो : सांसद केसी

कामुको भरमा चलाइँदा सर्वोच्च अदालत अस्तव्यस्त देखियो : सांसद केसी

फाइल तस्बिर


नेपालखबर
फागुन ३, २०७९ बुधबार ११:३०, काठमाडौँ

प्रतिनिधि सभाका सदस्य अर्जुननरसिंह केसीले सर्वोच्च अदालत अस्तव्यस्त भएको बताएका छन्। 

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सर्वोच्चको अवस्थाबारे सरकारको ध्यानाकर्षण गराएका छन्। 

नेता केसीले सर्वोच्च अदालत एक वर्षदेखि कायममुकायम प्रधानन्यायाधीशको नेतृत्वमा चलिरहेको बताए।

‘यसले पर्ने मनोवैज्ञानिकदेखि संस्थागत असरप्रति सरकारको गम्भीर ध्यानाकर्षण हुनु पर्दछ’, उनले भनेका छन्। 

पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेरको महाभियोग प्रस्ताव अहिलेसम्म निराकरण नहुनु पनि दु:खद भएको उनले बताए। 

त्यस विषयमा आवश्यक निर्णय लिन ढिला गर्न नहुने पनि केसीले बताएका छन्। संविधानवादको रक्षा र विधिको पालनाको लागि उक्त विषयलाई टुङ्ग्याउनु पर्ने उनले बताएका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .