अभिनेता धिरज मगरले अभिनय गरेका २ फिल्म रिलिज भए। उनी दुवै फिल्ममा चकलेटी प्रेमीका रुपमा प्रस्तुत भए। उनको प्रेमिल अवतारलाई दर्शकले रुचाए। धिरजको उद्योगमा सम्भावनाको चर्चा भयो।
उनै धिरज तेस्रो फिल्ममा देखिने तयारीमा छन्। उनले अभिनय गरेको पछिल्लो फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’ रिलिजको तयारीमा छ। यो फिल्म आगामी वैशाख २१ गतेदेखि प्रदर्शन हुनेछ। तेस्रो फिल्ममा भने धिरज फरक रुपमा देखिने छन्।
धिरज यो फिल्ममा डान्सरको भूमिकामा देखिने भएका हुन्। रेनशा वान्तवा राइले निर्देशन गरेको यो फिल्ममार्फत धिरज दर्शकसामु नयाँ अवतारमा प्रस्तुत हुने तयारीमा छन्। फिल्ममा जसिता गुरुङले धिरजलाई साथ दिएकी छन्। धिरजले यो फिल्ममा आफूलाई बलियो रुपमा प्रस्तुत गरेको निर्देशक राई बताउँछिन्।
धिरज यतिबेला अर्को फिल्म ‘भगवत गीता’को छायांकनमा छन्। झरना थापाले निर्देशन गरेको यो फिल्ममा धिरजले सुहाना थापासँग स्क्रिन रोमान्स गर्नेछन्।
Shares
प्रतिक्रिया