ad ad

कला


सम्भव सिरोहियाको प्रेममा श्रृंखला खतिवडा?

सम्भव सिरोहियाको प्रेममा श्रृंखला खतिवडा?

नेपालखबर
फागुन १४, २०७९ आइतबार १२:२, काठमाडौँ

पूर्वमिस नेपाल श्रृंखला खतिवडा केही समय भ्लगर सिसन बानियाँको प्रेममा रमाइन्। श्रृंखला र सिसनले सार्वजनिक रुपमा प्रेम स्वीकार नगरे पनि खुलेर प्रेम प्रदर्शन गरे। यी दुईको सम्बन्ध टुटेको पनि केही समय बितिसक्यो।

हुन त प्रेम नै स्वीकार नगरेका उनीहरुले सम्बन्ध सकिएको खबरबारे आधिकारिक धारणा नराख्नु स्वाभाविकै हो। तर गएको प्रणय दिवसको नजिकै सिसनले आफ्ना पूर्वप्रेमिकालाई सम्बोधन गर्दै लामो स्टाटस लेखे। ब्रेकअपको हल्लाबीच उनको स्टाटस सबैले श्रृंखलालक्षित  अनुमान गरे। 

यो जोडीको ब्रेकअपअघि नै श्रृंखलाको सम्बन्ध सम्भव सिरोहियासँग सुरु भएको चर्चा भएको थियो। सम्भव कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाका छोरा हुन्। हाल सम्भव र श्रृंखला दुवै अमेरिकामा छन्। 

यो हल्लाबीच सार्वजनिक एउटा तस्बिरले उनीहरु प्रेममा छन् भन्ने कुरालाई थप बल दिएको छ। सम्भव सिरोहियाको एक तस्बिरको पृष्ठभूमिमा श्रृंखला देखिएकी छन्। उक्त तस्बिर श्रृंखलाले खिचेको देखिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .