ad ad

कला


करिना कपुरको १३ वर्ष पुरानो तस्बिर सार्वजनिक

करिना कपुरको १३ वर्ष पुरानो तस्बिर सार्वजनिक

नेपालखबर
फागुन १५, २०७९ सोमबार ८:५८, काठमाडौँ

राजकुमार हिरानीको फिल्म ‘३ इडियट्स’ करीना कपूरको उत्कृष्ट फिल्म मध्ये एक हो। यस फिल्ममा करिनाले पिया नामकी केटीको भूमिका निभाएकी छिन्।

जो पेशाले डाक्टर थिइन्।

रिलिज भएको करिब १३ वर्षपछि करिनाको लुक टेस्टको तस्बिर बाहिर आएको छ। फिल्म निर्माता विधु विनोद चोपडाले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा करिनाको लुक टेस्टको तस्बिर सेयर गरेका हुन्। जसमा उनी फरक लुक्समा देखिएकी छिन्।

पहिलो तस्बिरमा करीनाले हरियो रंगको कुर्ती लगाएकी छिन्। दोस्रो तस्विरमा उनले महाराष्ट्रीयन लुक लगाएकी छन्। तेस्रो तस्बिरमा करीना सिम्पल लुकमा देखिएकी छिन्। चौथो लुक्समा उनको कपाल निकै छोटो देखिन्छ। योसँगै पाँचौं लुकमा उनले हेलमेट लगाएकी छिन्।

करिनाका यी तस्विरलाई उनका फ्यानहरुले निकै मन पराएका छन्।

करिनाको यो फिल्म फ्यानहरूको हृदयको धेरै नजिक छ। यही कारण हो कि फ्यानहरूले यी थ्रो–ब्याक फोटोहरूमा धेरै प्रतिक्रिया दिइरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .