ad ad

खेल


केपी ओली कप : त्रिभुवन आर्मी क्लब र सातदोबाटो युथ क्लब भिड्दै

केपी ओली कप : त्रिभुवन आर्मी क्लब र सातदोबाटो युथ क्लब भिड्दै

फाइल तस्बिर।


नेपालखबर
फागुन १५, २०७९ सोमबार ९:१, काठमाडौँ

केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत त्रिभुवन आर्मी क्लब र सातदोबाटो युथ क्लबबिचको सेमिफाइनलको दोस्रो हाफ आज हुदैछ। 

खेल बिहान ११ बजे ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुनेछ। 

हिजो आइतबार भएको पहिलो हाफमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए। 

आइतबारको वर्षाका कारण खेल प्रभावित भएपछि दोस्रो हाफ आज हुन लागेको हो। खेलको पहिलो हाफ जारी रहँदा पानी परेको थियो। 

दोस्रो हाफको खेल सुरु भएको केही समयपछि वर्षा र चट्याङ पर्न थालेपछि दुवै टोलीको सहमतीमा खेल स्थगित गरिएको थियो। 

आजै हुने दोस्रो सेमिफाइनलमा मछिन्द्र फुटबल क्लब र आयोजक केपी ओली एफसी भिड्नेछन्। खेल सोही मैदानमा दिउँसो ३ बजे सुरु हुनेछ। 

प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .