ad ad

कला


देशभक्ति चलचित्रमा अभिनय गर्न पल शाहलाई राजेश पायलको सुझाव

देशभक्ति चलचित्रमा अभिनय गर्न पल शाहलाई राजेश पायलको सुझाव

नेपालखबर
फागुन १६, २०७९ मंगलबार १६:४४, काठमाडौँ

गायक राजेश पायल राईले अभिनेता पल शाहले नेपाली माटोको कथा बोकेको चलचित्रमा काम गर्नुपर्ने बताएका छन्।

मंगलवार काठमाडौं आएका अभिनेता शाहलाई त्रिभुवन विमानस्थलमा स्वागत गर्न पुगेका उनले यस्तो बताएका हुन्।

गायक राईले अभिनेता शाहलाई आगामी दिनमा नेपाली माटो परिवेशका चलचित्रका कथाहरुमा अभिनय गरेर अघि बढ्न सुझाव दिए।

अभिनेता शाहले चलचित्र र गीत संगीतमा भाइरल हुने भन्दा पनि चलचित्र र गीत, संगीत उद्योगलाई टेवा पुग्ने अभिनय गर्न पनि उनले सुझाव दिए।

उनले भने, ‘नेपाली माटो परिवेशकै कथाहरु नै ज्यादातर महत्व दिएभने त्यो उनको लागि पनि राम्रो र हाम्रो लागि पनि राम्रो कुरा हो।

उनले नेपाली माटोको कथा बोकेको चलचित्रमा नै काम गर्नेछन्। गीतसंगीत पनि त्यही प्रकारको गर्नेछन्। भाइरल भन्दापनि नेपाली गीत, संगीत उद्योगलाई टेवा पुग्ने काममा नै लागि पर्नेछन्।’

सोमवार तनहुँको कारागारबाट छुटेपछि पोखरा पुगेका अभिनेता शाह आज काठमाडौं आएका हुन्। काठमाडौं आउने क्रममा फ्यान र सिने पत्रकारहरुले घेर्दा विमानस्थलको आन्तरिक टर्मिनल भवनबाहिर अस्तव्यस्त भएको थियो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .