ad ad

राजनीति


उग्रवामपन्थी अतिवादको पतनको उदाहरण प्रचण्ड हुन् : शंकर पोखरेल

उग्रवामपन्थी अतिवादको पतनको उदाहरण प्रचण्ड हुन् : शंकर पोखरेल

फाइल तस्बिर


नेपालखबर
फागुन १६, २०७९ मंगलबार १६:४४, काठमाडौँ

पुस १० गते बनेको सात दलीय गठबन्धनलाई २ महिनामै छाडेपछि नेकपा एमालेका नेताहरु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति आक्रोशित हुँदै गएका छन्।

मंगलबार बिहान एमाले केन्द्रीय सदस्य सूर्य थापाले प्रचण्डमा छेपारे प्रवृत्ति देखिएको भन्दै कडा आलोचना गरेका थिए।

त्यसपछि मंगलबार दिउँसो प्रचण्डमाथि प्रहार गर्दै एमाले महासचिव शंकर पोखरेल पनि बोलेका छन्। 

उनले सामाजिक सञ्जालमार्फत प्रचण्ड पतनको यात्रामा निस्किएको बताएका छन्। उग्रवामपन्थी अतिवादको पतन कसरी हुन्छ भन्ने कुरा प्रचण्डलाई हेरे पुग्ने उनको तर्क छ।

'उग्रवामपन्थी अतिवादको पतन कसरी चरम दक्षिणपन्थी अवसरवाद र राष्ट्रिय आत्मसमर्पणवादमा पुगेर हुन्छ भन्ने कुराको उदाहरण बन्दैछ प्रचण्डको पतनोन्मुख यात्रा', उनले भनेका छन्।

पुस १० मा एमालेलाई राष्ट्रपति दिने गरी सत्ता यात्रा गरेका प्रचण्डले पुस २६ मा कांग्रेसको पनि विश्वासको मत पाएपछि पुरानै गठबन्धनको यात्रा थालेका थिए।

आगामी फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि माओवादी केन्द्रले कांग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गरिसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .