अभिनेता नरेन खड्का र अभिनेत्री सुरक्षा पन्तको मुख्य भुमिका रहेको सिनेमा ‘बुलाकी’को दोस्रो गीत सार्वजनिक गरिएको छ।
‘दुनियाँलाई सम्झाइ देउन’ बोलको लिरिकल गीतमा नरेन, सुरक्षा र डेव्यु अभिनेता बिराज बिष्टबीचको त्रिकोणात्मक प्रेमलाई प्रस्तुत गरिएको छ।
सविन सेञ्चुरी र बादल थापाको शब्द रचना तथा संगीत रहेको सार्वजनिक गीतमा बादल थापाको स्वर सुन्न सकिन्छ। टोपेन्द्र विष्टले निर्माण गरेको सिनेमालाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन्। आगामी वैशाख १ गतेबाट प्रदर्शनमा आउने सिनेमा बुलाकीमा कर्णालीको ग्रामीण जीवन, रितिरिवाज, जारी प्रथा तथा परिवार र सम्बन्धमा आउने आरोह अबरोहलाई प्रस्तुत गरिएको छ।
रमेश बुढाथोकी, लक्ष्मी गिरी, कुलदीप अधिकारी, सुशील पोखरेल, झलनाथ खत्री, धनवहादर राई, लक्ष्मण देवकोटा, बसन्त उदास, सोनु सेढाइका अलवा प्रकाश कँडेल र सरस्वती खत्रीले बुलाकीबाट नेपाली सिनेमा क्षेत्रमा डेव्यु गर्दैछन्।
छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा स्व. मोति बिष्टको प्रस्तुति रहेको सिनेमा शिब ढकालले खिचेका हुन्। अर्जुन जिसीले सम्पादन गरेको सिनेमामा राज बहादुर सानेको कथा, राजबहादुर साने, निर्मल पौडेल र निर्देशक सुनार तथा अभिनेता बिष्ट पटकथा तथा संवाद रहेको छ।
डोल्पा, जाजारकोट र रुकुम पश्चिमका रमणीय स्थानमा खिचिएको सिनेमाको बितरण त्रिनेत्रम् र एफडीले गर्दैछन्।
Shares
प्रतिक्रिया