ad ad

कला


कपिलले सुनाए बुवाले पिटेको कथा

कपिलले सुनाए बुवाले पिटेको कथा

नेपालखबर
चैत १३, २०७९ सोमबार ११:४९, काठमाडौँ

अभिनेतासमेत रहेका कमेडियन कपिल शर्माले आफ्नो बाल्यकालको सम्झना दर्शकसँग साटेका छन्। उनले बाल्यकालमा बुवाले पिटेको घटना पनि सुनाएका छन्। उनका बुवा जितेन्द्रकुमार पञ्जले कुटेको त्यो दिन उनलाई छिमेकका सबै मानिसले बाहिर निस्किएर हेरेको उनले बताए। 

‘द कपिल शर्मा शो’को पछिल्लो एपिसोडमा पुराना अभिनेता राज बब्बर परिवारका साथमा अतिथिका रुपमा आएका थिए। बब्बरसँग कपिलले आफ्नो बाल्यकालीन कथा सेयर गरेका हुन्। 

कुराकानीका क्रममा कपिलले भने, ‘यो म १५ वर्ष हुँदाको कुरा हो। मेरो बुवा साथीसँग प्रहरीको जिपमा आउनुभएको थियो। उहाँले जिपको चाबी टेबलमा राख्नुभयो। साथीसँग बसेर बुवाले रक्सी खान थाल्नुभयो। बीचमा आइस दिने बहानामा बुवाको नजिकै गएँ र चाबी लिएर जिपमा बसेँ। जिप स्टार्ट गरेँ, मलाई जिप कसरी चलाउने थाहा थिएन। जिप स्टार्ट गर्नेबित्तिकै तरकारीको गाडीसँग ठोक्कियो। सबै तरकारी खसे। तरकारी टिप्दै गर्दा बुवा आइपुगिसक्नुभयो।’

उनले अगाडि भनेका छन्, ‘पहिला मेरो अवस्थाका बारेमा सोध्नुभयो। मलाई केही भएको थिएन। त्यसपछि उहाँले मलाई कुट्न थाल्नुभयो। त्यसबेला मलाई कुटपिट गरेको देखेर सबै गाउँका मानिस मलाई हेर्ने निस्किएका थिए।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .