ad ad

कला


रुकुमका बलराम विश्वकर्मा बने ‘लोकस्टार’

रुकुमका बलराम विश्वकर्मा बने ‘लोकस्टार’

नेपालखबर
बैशाख १४, २०८० बिहिबार ९:१५, काठमाडौँ

रुकुमका बलराम विश्वकर्मा नेपाली गायन रियालिटी शो ‘हिमालय लोकस्टार’को दोस्रो शृंखलाको विजेता बनेका छन्।

बुधबार राष्ट्रिय सभागृह प्रदर्शनीमार्गमा सम्पन्न फाइनलमा विश्वकर्माले लोकस्टारको अवार्ड जितेका हुन्। उनले १५ लाख नगदसहित अन्य पुरस्कार प्राप्त गरेका छन्।

फाइनलमा विश्वकर्मासहित सन्तोष क्षेत्री, विकास परियार, किरण बीसी, राजेन्द्र घर्तीमगर र पीएन साइँला पुगेका थिए।

प्रतियोगितामा साइँला फस्ट रनरअप भए। उनले तीन लाख नगदसहित पुरस्कार प्राप्त गरे। यस्तै क्षेत्रीले सेकेण्ड रनरअप बनेर दुई लाख नगदसहित पुरस्कार प्राप्त गरे।

भोटका आधारमा विजेता चयन भएको लोकस्टारमा निर्णायकमा कुमार बस्नेत र गुरुको रूपमा राजु परियार, रामजी खाँण र कुलेन्द्र विश्वकर्मा रहेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .