ad ad

कला


जारी- तीन नेपालीसहित बलिउड स्टार सलमानको फिल्मलाई पनि भारी

जारी- तीन नेपालीसहित बलिउड स्टार सलमानको फिल्मलाई पनि भारी

नेपालखबर
बैशाख १७, २०८० आइतबार ११:१०, काठमाडौँ

गत बैशाख १ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘जारी’ले बक्स अफिसमा राम्रो कलेक्सन गरिरहेको छ।

फिल्म हेर्ने दर्शकको अहिसम्म पनि हलमा बाक्लो उपस्थिति देखिन्छ। अघिल्लो हप्ताबाट प्रदर्शनमा आएको ‘प्रसाद २’ ले पनि दर्शकलाई तानिरहेको छ, तर जारी दर्शकको पहिलो रोजाइ बनेको छ।

अहिले हलमा जारीसँगै नेपाली फिल्महरू प्रसाद २, नाइँ नभन्नु ल ६ र कैदीको पत्र प्रदर्शनमा छन्। प्रदर्शनको तेस्रो हप्तासम्म पनि दर्शक तान्न सफल ‘जारी’को चर्चाको क्रम पनि रोकिएको छैन।

केही समयअघि सम्म बलिउड चलचित्रले नेपाली फिल्म प्रभावित हुने गरेकोमा अहिले बलिउडका 'भाइजान' सलमान खानको 'किसीका भाइ किसीका जान' लाई पनि भारी भएको छ।

फिल्मले जम्मा ३६ सय २५ शो पाएको थियो। यी शोका लागि ९ लाख १ हजार १ सय ८३ टिकट उपलब्ध थिए। यीमध्ये ४ लाख १६ हजार ४ सय ७२ टिकट बिक्री भैसकेको फिल्म निर्माण टिमले जनाएको छ। 

फिल्मले अहिलेसम्म १३ करोडमाथि कलेक्सन गरेको बताइएको छ। हलमा दर्शकको उपस्थितिलाई लिएर ग्रस कलेक्सनको अनुपात यो साता अझ बढ्ने फिल्म वितरकको विश्वास छ। 

रामबाबु गुरुङले निर्माण गरेको ‘जारी’ उपेन्द्र सुब्बाले निर्देशन गरेका हुन्। फिल्मको कथा तथा पटकथा पनि निर्देशक सुब्बाले नै लेखेका हुन्।

फिल्ममा दयाहाङ राई, मिरुना मगर, विजय बराल, प्रेम सुब्बा, रोय दिप, पुष्कर गुरुङलगायतका कलाकारले अभिनय गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .