ad ad

कला


नहुने भयो ‘परदेशी २’ को धोको पूरा

नहुने भयो ‘परदेशी २’ को धोको पूरा

नेपालखबर
असोज २, २०८० मंगलबार १४:३७, काठमाडौँ

प्रकाश सपुत स्टार फिल्म ‘परदेशी २’ सोलो रिलि जगर्ने निर्माण टिमको धोको थियो। फिल्म सोलो रिलिजका लागि निर्माण टिमले रिलिजका लागि तयार भएको फिल्मलाई १ वर्षभन्दा धेरै होल्ट गरे। पटक पटक प्रदर्शन मिति पोस्पोन्ड गरे।

गत वर्षको दसैंमा नै रिलिज हुने भनिएको यो फिल्म ‘फूलबारी’सँग भिड्न चाहेन। यो वर्षको दसैंमा पनि ‘पशुपति प्रसाद २ः भष्मे डन’ सँगै रिलिज हुने भएपछि दुई फिल्मका टिम बसेर सल्लाह गरे। आपसी समझदारीमा एकसाताको ग्यापमा फिल्म रिलिजको आपसी समझदारी गरे। परदेशी २ असोज २६ गते सोलो रिजिको तयारीमा थियो।

यहि मितिमा फिल्म ‘वानर सेना’ रिलिज हुने भएको थियो। यो पनि एक साता अघि सर्यो। पुनः यहि मितिमा नायिका ऋचा शर्माले निर्माण गरेको फिल्म ‘कौसिद’ रिलिज हुने भएको छ। अब ‘परदेशी २’ र ‘कौसीद’को बक्स अफिस भिडन्त पक्का भएको छ।

‘परदेशी २’मा प्रकाश सपुत, केकी अधिकारी र वर्षा सिवाकोटीले शिर्ष भूमिकामा अभिनय गरेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .