ad ad

कला


भारतको शो रद्द भएपछि पन्जाबी गायक शुभले दुःखी हुँदै भने- यो मेरो पनि देश हो

भारतको शो रद्द भएपछि पन्जाबी गायक शुभले दुःखी हुँदै भने- यो मेरो पनि देश हो

पन्जाबी गायक तथा र्‍यापर शुभनित सिंह शुभ


नेपालखबर
असोज ५, २०८० शुक्रबार २०:४६, काठमाडौँ

क्यानाडा निवासी पन्जाबी गायक तथा र्‍यापर शुभनित सिंह शुभले भारतमा हुने भनिएको आफ्नो शो रद्द भएपछि दुःख व्यक्त गरेका छन्। 

उनले दुःखी हुँदै भनेका छन्, ‘म पनि भारतीय हुँ र यो मेरो पनि देश हो।’

इन्स्टाग्राममा विज्ञप्ति जारी गर्दै शुभले भनेका छन्, ‘एक युवा पन्जाबी र्‍यापर भएका नाताले आफ्नो संगीतलाई विश्वव्यापी मञ्चमा लैजाने सपना थियो। तर हालै जे भयो, त्यसले मेरो मिहिनेतलाई पछाडि धकेल्यो, मेरो भारत भ्रमण रद्द हुँदा म धेरै दुःखी छु आफ्नै देश र जनताका बीचमा प्रस्तुति दिन पाउने भएँ भन्ने कुराले निकै उत्साहित थिएँ, दुई महिनादेखि यसको तयारी गरिरहेको थिएँ।’

‘भारत मेरो पनि देश हो, म त्यहीँ जन्मिएँ। भारत मेरा पुर्खा र गुरुहरूको भूमि हो, जसले देशको स्वतन्त्रताका लागि बलिदानी दिए।पञ्जाब मेरो रगतमा छ। मेरो अनुरोध छ– हरेक पन्जाबीलाई पृथकतावादी र राष्ट्रविरोधी नभन्नुहोस्।’

यसअघि बुधबार बुकमाइ शोले शुभको भारतमा हुने भनिएको शो रद्द भएको घोषणा गरेको थियो।

बुकमाइ शोले एक्स (पहिले ट्विटर भनिन्थ्यो) मा पोस्ट गर्दै भनेको थियो, ‘हामीले टिकट किनेकाहरूलाई फिर्ता गर्ने प्रक्रिया सुरु गरेका छौँ।’ 

वास्तवमा, शुभले सामाजिक सञ्जालमा एक पोस्ट सेयर गरेका थिए, जसले विवाद निम्त्याएको थियो। त्यसपछि उनको भारत भ्रमणको प्रायोजक बोट शो नगर्ने निर्णयमा पुग्यो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .