ad ad

कला


समीक्षा अधिकारीको शिर सजाउने फूल (भिडिओ)

समीक्षा अधिकारीको शिर सजाउने फूल (भिडिओ)

नेपालखबर
असोज ८, २०८० सोमबार १४:५६, काठमाडौँ

गायिका समीक्षा अधिकारीको स्वरमा नयाँ गीत ‘शिर सजाउने फूल’ सार्वजनिक भएको छ।

सगरमाथा डिजिटलले गायक शिव परियारको स्वरमा हिट भएको गीतलाई अधिकारीको स्वरमा सार्वजनिक गरेको हो।

करिब १० वर्षअघि सगरमाथा डिजिटलले नै गायक परियारको स्वरमा यो गीत बजारमा ल्याएको थियो। १० वर्षपछि गीतले बल्ल महिला आवाज पाएको हो।

अनिल के मानन्धरको निर्देशनमा रहेको गीतको भिडिओमा गायिका अधिकारीलाई देख्न सकिन्छ। कर्ण चापागाईंको शब्द रचनामा रहेको गीतमा बसन्त सापकोटाले संगीत भरेका छन्।

ए प्लस रेकर्डिङ स्टुडियोमा यस गीतको रेकर्ड सबिर केसीले गरेका हुन् भने सरोज केसीले गितार बजाएका छन्। बाँसुरीमा रत्न विके छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .