नेपाली फिल्म उद्योगमा नायिका केकी अधिकारीलाई अनलक्की नायिकाका रुपमा हेरिन्थ्यो।
लगातार फिल्ममा काम गरिरहे पनि उनका फिल्म बक्स अफिसमा सफल भएनन्। फिल्मको सफलता असफलताले उनको कामको रफ्तार त घटाएन तर उनले अभिनय गरेका फिल्म लगातार असफल हुँदा अपजस भने लिनु पर्यो।
अब भने केकीको अनलक्की ट्याग बिस्तारै हट्दै गएको छ। उनले अभिनय गरेको ‘छ माया छपक्कै’ सुपरहिट भयो। यसको जस उनले लिन पाइनन्। गतवर्ष फिल्म ‘झिंगे दाउ’ सुपरहिट भएसँगै केकीले सफलताको जस पाउने क्रम सुरु भएको थियो।
दसैंमा रिलिज भएको फिल्म ‘परदेशी २’ बक्स अफिसमा सफल भएसँगै केकीको सफलता दोहोरिएको छ।
गत वर्ष ‘झिंगे दाउ’ र यो वर्ष ‘परदेशी २’को सफलताको जस केकीले पाएकी छिन्। अर्को वर्ष ‘झिंगे दाउ २’ रिलिज हुने चर्चा छ। यो फिल्ममा पनि केकी रहने छिन्। सफल फिल्मको सिरिज भएकाले पनि यो फि ल्म चल्ने अनुमान गरिएको छ।
Shares
प्रतिक्रिया