अनिल कपूरको आगामी फिल्म ‘एनिमल’ हो जसमा उनले रणवीर कपूरका ६५ वर्षीय बुबा बलबीर सिंहको भूमिका निभाइरहेका छन्।
फिल्म फाइटरमा अनिल ४५ वर्षीय भारतीय वायुसेना अफिसरको भूमिकामा छन्। यी दुवै पात्रका लागि फरक लुक र शरीर देखिनु पर्ने छ। जसका लागि ६६ वर्षका अनिल कपूर सीरियस फिजिकल ट्रान्सफर्मेसनबाट गुज्रिएका छन्। उनले गम्भीर शारीरिक रूपान्तरण गरेका छन्।
आइतबार अनिलले आफ्नो सामाजिक सञ्जालमा केही तस्बिर सेयर गरेका छन्।
‘दुई विलकुल अलग अलग पात्रहरूबीच अदलाबदली गर्नु निकै चुनौतीपूर्ण थियो। एनिमलमा ६५ वर्षका बलबीरबाट फाइटरमा ४५ वर्षका हवाई सेनाका अधिकारी रकीबीच आफूले लगाएको सम्माननीय पोशाकप्रति न्याय गर्न म गम्भीर खालको फिजिकल रूपान्तरणबाट गुज्रिनु पर्यो। अब दुवै फिल्मको सुटिङ सकिसकेको छ, दर्शकहरूको रियाक्सनको व्यग्र प्रतीक्षामा छु,’ पोस्टमा भनेका छन्।
अनिलको यो पोस्टमा फ्यान र बलिउडका सेलिब्रेटीहरुले रियाक्सन दिएका छन्। ‘तपाई १८ वर्षको मात्रै हुनुहुन्छ यो फिजिकल ट्रान्सफर्मेसन गर्न सजिलो छ, अनिल सर तपाईं ३० वर्षको भएपछि यस्तो गर्न गाह्रो हुनेछ,’ अभिनेता वरुण धवनले जिस्काउँदै लेखेका छन्।
यो पोस्टमा कमेन्ट गर्दा अनिलकी छोरी सोनम कपूर, सुनील शेट्टी र निर्देशक फराह खानले पनि अनिलको समर्पणको तारिफ गरेका छन्।
Shares
प्रतिक्रिया