ad ad

समाज


बारामा गोली प्रहारबाट घाइते भएका प्रधानाध्यापकको निधन

बारामा गोली प्रहारबाट घाइते भएका प्रधानाध्यापकको निधन

नेपालखबर
कात्तिक १३, २०८० सोमबार १५:६, काठमाडौँ

गोली प्रहारबाट घाइते भएका बाराको कलैस्थित बाल एकता इङ्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश सरार्फको निधन भएको छ। 

अज्ञात समूहले गरेको गोली प्रहारबाट घाइते भएका सरार्फको निधन भएको बाराका प्रमुख जिल्ला अधिकारी (सीडीओ) नवराज सापकोटाले जानकारी दिए।

दुई वटा मोटरसाइकलमा आएको अज्ञात समूहले उनीमाथि गोली प्रहार गरेको थियो।

कलैया–६ मदर्शा टोलमा उनीमाथि गोली प्रहार भएको थियो। लगत्तै उनलाई उपचारका लागि वीरगन्जस्थित बयोधा अस्पताल पुर्याइएको थियो। 

उपचारका क्रममा उनको निधन भएको हो। उनको शव अहिले अस्पतालमै राखिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .