शाहरुख खान स्टारर बलिउड फिल्म ‘जवान’ ओटीटी प्लेटफर्म नेटफ्लिक्समा रिलिज भएको छ।
गत भदौ २९ गतेबाट सिनेमा हलमा प्रदर्शन भएको यो फिल्म बक्स अफिसमा हिट छ।
सिनेमाहलबाट आक्रामक कमाइ गरेसँगै आज शाहरुखको ५८औँ जन्मदिनका अवसरमा ‘जवान’लाई नेटफ्लिक्समा रिलिज गरिएको हो।
एटली कुमार निर्देशित जवानमा शाहरुख र दीपिका पादुकोणसहित साउथ स्टार नयनतारा र विजय सेतुपति लगायतको अभिनय छ।
यस फिल्मले हालसम्म घरेलु बक्स अफिसमा ६४२.५७ करोड भारतीय रुपैयाँको व्यापार गरिसकेको छ।
जुन हिन्दी फिल्मको इतिहासमै अहिलेसम्मकै सर्वाधिक कमाइ हो। साथै शाहरुखको करियरमा पनि ‘जवान’ धेरै कमाउने फिल्म बनेको छ।
रेड चिली प्रोडक्सन हाउसबाट बनेको फिल्ममा शाहरुखका साथै गौरी खानको लगानी छ।
एक्सन र थ्रिलर विधाको यो फिल्म हिन्दीका साथै तमिल र तेलुगु भाषामा समेत रिलिज भएको थियो।
विश्वभर भने फिल्मले १ हजार १४६ भारतीय रुपैयाँभन्दा बढीको व्यापार गरिसकेको छ।
Shares
प्रतिक्रिया