साउथ सुपरस्टार रजनीकान्तका निकै क्रेजी फ्यानहरु छन्। जो उनका लागि जे गर्न पनि तयार हुन्छन्।
जब रजनीकान्तको कुनै फिल्म प्रदर्शन हुने तरखरमा हुन्छ, उनका फ्यानहरु रजनीकान्तको पोस्टरमा फूलमालादेखि दूधसम्म चडाउँछन्।
यसैबीच, रजनीकान्तका फ्यान कार्तिकले तमिलनाडूका मदुरैमा उनको सम्मानमा एक मन्दिर निर्माण गरेका छन्। जहाँ २५० किलोग्रामको उनको मूर्ति स्थापित गरिएको छ। जुन कार्यको अहिले चर्चा भइरहेको छ।
कार्तिकले आफ्नो घरको एक हिस्सालाई रजनीकान्तको मन्दिर बनाउन दिएका हुन्। रजनीकान्तको भगवानसँग तुलना गर्दै उनको सम्मानमा कार्तिकले घरमै मन्दिर निर्माण गरेको न्यूज एजेन्सी एएनआईले जनाएको छ।
कार्तिक रजनीकान्तका निकै ठूलो फ्यान हुन्। उनी रजनीकान्तका मात्र फिल्म हेर्छन्, अरु कुनै अभिनेतालाई पछ्याउँदैनन्। उनको परिवारमा भगवानसरह रजनीकान्तको पूजा समेत गरिन्छ।
#WATCH | Tamil Nadu: A fan of actor Rajinikanth built a temple for him and installed a 250 kg idol of Rajinikanth, in Madurai (01/11) pic.twitter.com/pwAahbFdgx
— ANI (@ANI) November 1, 2023
Shares
प्रतिक्रिया