ad ad

कला


कृष्ण कुसुमको कथासंग्रह ‘पार्श्वधुन’ विमोचन

कृष्ण कुसुमको कथासंग्रह ‘पार्श्वधुन’ विमोचन

नेपालखबर
कात्तिक १९, २०८० आइतबार ११:१३, काठमाडौँ

कथाकार कृष्ण कुसुमको कथासंग्रह ‘पार्श्वधुन’ विमोचन भएको छ।

काठमाडौँमा शनिबार आयोजित कार्यक्रममा कथाकार तथा कवि अभय श्रेष्ठ, साहित्यकार नयनराज पान्डे, निबन्धकार तथा समालोचक कुमारी लामा, पत्रकार मोहराज शर्मा र लेखकका बुवा दीपकराज न्यौपानेले संयुक्त रूपमा पार्श्वधुनको विमोचन गरे।

शिखा बुक्स काठमाण्डौँ प्रकाशन गरेको कथासंग्रहमा नेपाल र अमेरिकी परिवेशका तेह्र कथाहरू समावेश गरिएको छ।

साहित्यकार नयनराज पाण्डेले कुसुमका कथामा नौलोपन देखिएको भन्दै उनी भविष्यमा उम्दा कथाकार हुनसक्ने बताए।

यसैगरी, कथाकार तथा कवि अभय श्रेष्ठले अलिक अगाडिबाट नै कुसुमले कथा लेख्दै आएको र अहिले आउँदा निकै माझिएको बताए।

यस्तै, निबन्धकार तथा समालोचक लामाले मानवीय संवेदनाका मसीनो पाटोलाई अत्यन्तै फरक ढंगले टिपेको अब्बल र माझिएको लेखाइ भनेकी थिइन्।

पुस्तकको मूल्य ३७५ रुपैयाँ राखिएको छ।

यसअघि कुसुमको ‘अमृतको प्याला’ गजलसंग्रह, ‘अञ्जुलीमा अभियन्ता’ संयुक्त कवितासंग्रह, ‘अञ्जुलीमा अभियन्ता( २’ संयुक्त गजलसंग्रहलगायतका पुस्तक प्रकाशित छन्।

उनले ‘परदेशका कथा’ कथासंग्रह र ‘आँगन छोडेपछि’ संस्मरण संग्रहको सम्पादनसमेत गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .