सामाजिक सुरक्षा र सचेतनाका लागि ‘देउसी भैलो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। तिहार लक्षित सन्देशमुलक गीत ओएसआर डिजिटल युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो।
रमेश वरले लेखेको गीतमा गायक बलु तामाङ र गायिका शान्ति सुनारले स्वर दिएका छन्। संगीत भने गणेश विक ‘गजल’ ले भरेका हुन्।
गणेशबहादुर विष्ट र रमेश वरद्वारा निर्देशित गीतको भिडियोमा नेपाल प्रहरी, शसस्त्र प्रहरी तथा नगरप्रहरीका साथै समाजसेवीहरुको समेत अभिनय छ।
गीतले तिहारको बेला रक्सी नखान र तास नखेलेर समाज सुधार्न सहयोग गर्नुपर्ने कुरामा जोड दिएको छ।
गीतको सल्लाहकारमा नन्दकला आचार्य र सुन्दर तिवारी रहेका छन् । रमेश वर निर्माता रहेको यो गीत तानसेन रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको हो।
फ्रेम आर्टको छायांकन रहेको कोहलपुर नगर स्तरिय युवा क्लब संजाल, कोहलपुर बाँकेले यो गीत निकालेको हो।
Shares
प्रतिक्रिया