दक्षिण भारतीय फिल्म ‘कान्तारा’ को प्रिक्वेल ‘कान्तारास् अ लेजेन्ड च्याप्टर १’ को टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजरमा अभिनेता ऋषभ शेट्टीलाई देख्न सकिन्छ।
निर्माण टिमले टिजरसहित फस्टलुक पोस्टर समेत सार्वजनिक गरेको छ। पोस्टरमा ऋषभ शिवको जस्तो अवतारमा देखिएका छन्। जहाँ उनी एक हातमा त्रिशुल र अर्को हातमा बञ्चरो लिएर देखिएका छन्।
ऋषभ शेट्टीकै लेखन र निर्देशन रहेको यस फिल्ममा ऋषभसहित सप्तमी गौडा, उर्वशी रौतेला, किशोर लगायतका अभिनय छ। यस फिल्मको बजेट पहिलो भागभन्दा ७ गुणाले ज्यादा छ। १६ करोड भारुमा बनेको कान्ताराको प्रिक्वेलको बजेट भने १२५ करोड रहेको छ।
सन् २०२२ मा रिलिज फिल्म ‘कान्तारा’ ले बक्सअफिसमा राम्रो व्यापार गरेको थियो। ऋषभ शेट्टीको लेखन, निर्देशन र अभिनय यो सर्वाधिक कमाई गर्ने दोस्रो कन्नड फिल्म हो।
प्रतिक्रिया