ad ad

कला


‘परस्त्री’को हिन्दी भर्सन भारतको ओटीटी प्लेटफर्ममा रिलिज

‘परस्त्री’को हिन्दी भर्सन भारतको ओटीटी प्लेटफर्ममा रिलिज

नेपालखबर
मंसिर २८, २०८० बिहिबार १२:४०, काठमाडौँ

नेपाली फिल्म ‘परस्त्री’को हिन्दी भर्सन ओटीटी प्लेटफर्ममा आएको छ। शिल्पा मास्केको मुख्य भूमिका रहेको यो फिल्म भारतीय ‌ओटीटी प्लेटफर्म एमएक्स प्लेयरमा रिलिज गरिएको हो।  

आज बिहीबारदेखि एमएक्स प्लेयरमा स्ट्रिमिङ सुरु गरिएको निर्माता शर्मिला पाण्डेले जानकारी दिइन्। यसैवर्ष सिनेमाहलमा प्रदर्शन भएको यस फिल्मलाई संसारभरका दर्शकले हेर्न सक्नेछन्।

सुरज पाण्डेको निर्देशन रहेको यस फिल्मले विवाहेत्तर सम्बन्धले ल्याउने पारिवारिक र सामाजिक संकटको कथा भन्छ। दीपेन्द्र के खनालको लेखन रहेको फिल्ममा शिल्पाका साथै कोसिस क्षेत्री, गौरव बिष्ट, अलिशा क्षेत्री, अशान्त शर्मालगायतका कलाकारहरुको अभिनय छ।

डीएस डिजिटलको ब्यानरमा निर्माण भएको फिल्ममा शर्मिला पाण्डे र स्वयम् खनाल निर्माताका हुन्। निरज पाण्डेको छायाङ्कन रहेको फिल्मलाई नेपालीसहित हिन्दी भाषामा बनाइएको थियो। तर, हिन्दी भाषाको संस्करण भारतमा मात्रै रिलिज भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .