धिरज मगर र उपासना सिंह ठकुरीको मुख्य भूमिकामा फिल्म 'खुस्मा' बन्ने भएको छ।
माघे संक्रान्तिको अवसरमा शुभमुहूर्तसहित घोषणा गरिएको फिल्ममा धिरज र उपासना पहिलोपटक एकसाथ देखिँदैछन्।
अशोक थापा मगरकाे निर्देशन रहने फिल्म प्रेम कथामा आधारित हुनेछ।
एम मिडिया प्रा.लि.को ब्यानरमा निर्माण हुने फिल्म दुई चरणमा खिचिनेछ। यस फिल्ममा धिरज र उपसनासहित अस्तित्व भट्टचन, खड्क बहादुर पुन (खबपु) तथा अरुण मगरको अभिनय रहनेछ।
दिपक बज्राचार्यले खिच्ने फिल्मका निर्माता बेताने मगर, चन्द्र भट्टचन र सुस्मिता बुढाथोकी हुन्। निर्देशक थापा विभिन्न अन्तरर्राष्ट्रिय फिल्म फेस्टिवलमा पुरस्कृत भइसकेका छन्। यस सिनेमालाई गोबिन्द शाहीको काफिया फिल्मस्ले वितरण गर्नेछ।
15
Shares
प्रतिक्रिया