ad ad

कला


यस्तो छ केकीको फिल्म ‘बोक्सीको घर’को नयाँ पोस्टर

यस्तो छ केकीको फिल्म ‘बोक्सीको घर’को नयाँ पोस्टर

नेपालखबर
फागुन २२, २०८० मंगलबार १७:५४, काठमाडौँ

केकी अधिकारीको फिल्म ‘बोक्सीको घर’को नयाँ पोस्टर सार्वजनिक गरेको छ। सार्वजनिक पोस्टरमा केकीसहित रमा थपलिया र स्वेच्छा राउतको ‘क्यारेक्टर लुक’ लाई देखाइएको छ।

केकीको होम प्रोडक्सनमा निर्माण भएको फिल्म ८ वर्षअघि मञ्चन भएको चर्चित नाटक ‘बोक्सीको घर’ माथि रहेर बनाइएको हो। यो फिल्म आगामी वर्षको वैशाख १४ गतेबाट रिलिज हुँदैछ।  

नाटककै लेखक एवं निर्देशक सुलक्षण भारतीले सिनेमालाई निर्देशन गरेका हुन्। फिल्ममा केकी, रमा र स्वेच्छासहित सुलक्षण भारती, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ।

महिलालाई बोक्सीको आरोप लगाई समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि रहेर सिनेमा निर्माण भएको हो। केकी स्वयम् निर्माता रहेको सिनेमाको कार्यकारी निर्माता राजकुमार घिमिरे हुन्।

सामाजिक थ्रिलर जनरामा निर्माण भएको सिनेमाले समाजमा प्रचलित कुप्रथालाई चित्रण गर्ने केकीले बताइन्। फिल्मको टिजर भने महाशिवरात्रीको दिन सार्वजनिक हुने निर्माण टिमले जनाएको छ।

नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनमा आउने सिनेमालाई अन्तर्राष्ट्रिय फेस्टिभलमा समेत लैजाने योजना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .