ad ad

कला


बलिउडमा आलिया भट्टमाथि हजार करोडको बाजी

बलिउडमा आलिया भट्टमाथि हजार करोडको बाजी

नेपालखबर
चैत २, २०८० शुक्रबार १०:४९, काठमाडौँ

बलिउड अभिनेत्री आलिया भट्ट आज ३१ औँ जन्मदिन मनाउँदैछिन्। सन् २०१२ मा फिल्म 'स्टुडेन्ट अफ द इयर' आलियाले बलिउडमा डेब्यु गरेकी थिइन्। 

यो १२ वर्षको अभिनय करियरमा आलियाले करिब १६ चलचित्रमा मुख्य भूमिका निर्वाह गरिसकेकी छिन्। जसमध्ये १२ हिट भए। दुइ फिल्मले औसत व्यापार गर्दा दुइ फिल्म भने बक्सअफिसमा नराम्ररी पछारिए।

सन् २०२३ आलियाका लागि निकै राम्रो रह्यो। फिल्म 'रकी और रानी की प्रेम कहानी' ले विश्वभर ३५५ करोड कमाएको थियो। यस बाहेक आलियाले 'गंगुबाई काठियावाडी' बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड पनि हात पारिन्। आलिया अहिलेको सबैभन्दा सफल अभिनेत्री हुन्।

त्यसैले, बलिउड उद्योगले आलियामाथि हजार करोड भारतीय रुपैयाँको बाजी लगाएका छन्। किनकी उनका आगामी चार फिल्ममा करिब १००० करोड भारु लगानी गरिएको छ । जसमा जिगरादेखि लभ एण्ड वार, जी ले जरा र ब्रह्मास्त्र २ जस्ता फिल्महरू पर्छन्। ब्रहमास्त्र २ को बजेट ५५० करोड भारु हुँदा जिगरा १५० करोड, लभ एन्ड वार १८० करोड, जी ले जरा १५० करोड भारु लगानीमा बन्ने बताइएको छ। 

यी चार फिल्मबाहेक आलिया वाइआरएफ स्पाई युनिभर्समा सामेल हुने पहिलो महिला अभिनेत्री पनि बनेकी छिन्। मिडिया रिपोर्टका अनुसार आलिया ब्रह्माण्डको आठौं फिल्म फ्रेन्चाइजीमा देखिनेछिन् । फिल्ममा आलिया सुपर एजेन्टको भूमिकामा देखिनेछिन् । यस ब्रह्माण्डमा बनेका सबै फिल्महरू जासुसी पृष्ठभूमिमा आधारित हुनेछन्। फिल्मको बजेट भने खुलाइएको छैन।

आलियाले सन् २०१२ मा फिल्म ‘स्टुडेन्ट अफ द इयर’ बाट डेब्यू गरेता पनि यो फिल्म उनलाई सहजै हात लागेन। उनी बाहेक करिब ४ सय युवतीले फिल्मको अडिसन दिएका थिए।

आलिया अहिले बलिउडकी सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेत्री हुन्। उनको एउटा फिल्मको पारिश्रमिक २० देखि २५ करोड भारु रहेको छ। १८ अप्रिल सन् २०२२ मा अभिनेता रणवीर कपुरसँग बिहे गरेकी आलियाकी एक छोरी समेत छिन्।

१२ वर्षको करियरमा आलियाको कुल सम्पत्ति द्रुत गतिमा बढेको छ। मिडिया रिपोर्टका अनुसार उनी ५१७ करोड भारु मालिक हुन्। आलियाले पनि सम्पत्तिमा धेरै लगानी गरेकी छिन्। उनका तीनवटा घर छन्। साथै रणवीरकोसहित उनीसँग दजनौं लक्जरी कारहरु समेत छन्। 

आलिया एक सफल व्यवसायी पनि हुन्। उनले २०२० मा एड-ए-मम्मा नामक कपडाको ब्रान्ड सुरु गरेकी थिइन्। एक वर्षभित्रै यस कम्पनीको मूल्याङ्कन १५० करोड रुपैयाँ पुग्यो, त्यसपछि आलियाको कम्पनीलाई रिलायन्स ब्रान्ड्स लिमिटेडले ३००–३५० करोड भारुमा किनेको थियो। यस कम्पनीमा अब ईशा अम्बानीको ५१ प्रतिशत सेयर छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .