ad ad

कला


सर्वाधिक उचाइमा म्युजिक भिडिओ बनाएका लुइँटेललाई राष्ट्रपतिको सम्मान

सर्वाधिक उचाइमा म्युजिक भिडिओ बनाएका लुइँटेललाई राष्ट्रपतिको सम्मान

नेपालखबर
चैत ४, २०८० आइतबार २०:४७, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले सर्वाधिक उचाइमा म्यूजिक भिडिओ निर्माण गरी विश्वकीर्तिमान कायम गरेका राजेन्द्र लुइँटेललाई सम्मान गरेका छन्।

राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति पौडेलले लुइँटेल र उनको टिमलाई बधाईसहित माला र दोसल्ला ओढाएर सम्मान गरेका हुन्। 

मनाङको तिलिचो ताल परिसरमा छायाङ्कन तथा निर्माण गरिएको उक्त भिडिओको गीत डा डिआर उपाध्यायले लेखेका हुन् भने भने सङ्गीत सिर्जना सन्तोष श्रेष्ठले भरेका हुन्। 

म्युजिक भिडिओमा पुष्प खड्का तथा श्रद्धा क्षेत्रीको अभिनय छ। भिडिओलाई माइकल चन्दले निर्देशन गरेका हुन्।

त्यस अवसरमा राष्ट्रपति पौडेलले विश्व कीर्तिमान कायम गरी नेपालको प्रचारप्रसार गरेको भन्दै लुइँटेलको प्रसंशा गरे।

लुइँटेललगायतको टिमलाई यसअघि सन् २०२१ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको हातबाट गिनिज अफ वर्ल्ड रेकर्ड प्राप्त गरेका थिए। 

लुइँटेलले यसअघि युरोपियन वर्ल्ड रेकर्ड, अमेरिका बुक अफ रेकर्ड, युरोपियन रेकर्डस बुक, द ब्रिटिस वर्ल्ड रेकर्ड, महात्मा गान्धी इन्टरनेसनल अवार्ड, ग्लोबल इन्टरनेसनल अवार्ड, डा एपीजे अब्दुल कलाम सेवा सम्मान २०२२ लगायतका सम्मान प्राप्त गरिसकेका छन्। 

कार्यक्रम व्यवस्थापन सङ्घका उपाध्यक्षसमेत रहेका लुइँटेलले भारत, दुबई, अजरवैजान, इजिप्ट, थाइल्यान्ड, कतारमा सम्मान पाइसकेका छन्।

एक दशकभन्दा लामो समयदेखि सञ्चारकर्ममा सक्रिय लुइँटेल भिडिओमा अभिनय हुँदै निर्माणमा सक्रिय छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .