ad ad

कला


कस्तो छ दयाहाङ र आँचल स्टारर ‘डिग्री माइला’ को एक साताको व्यापार?

कस्तो छ दयाहाङ र आँचल स्टारर ‘डिग्री माइला’ को एक साताको व्यापार?

नेपालखबर
बैशाख ७, २०८१ शुक्रबार १७:४७, काठमाडौँ

रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला: एमए थर्ड क्लास’ ले घरेलु बक्सअफिसमा ५ करोड ५ लाखको व्यापार गरेको छ। दयाहाङ राई र आँचल शर्मा स्टारर यस फिल्मले एक सातामा ५ करोड ५ लाख ग्रस कलेक्सन गरेको हो।

शुक्रबार निर्माण टिमले एकसाताको व्यापारको आंकडा सार्वजनिक गरेको हो। जसअनुसार काठमाडौं उपत्यकामा २ करोड ५० लाख र उपत्यकाबाहिर २ करोड ५५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको बताइएको छ।

कबड्डी जस्ता सुपरहिट फिल्म दिइसकेका गुरुङको यस फिल्मले पनि बक्सअफिसमा आक्रामक व्यापार गर्ने अनुमान गरिएको थियो। तर,  ९८ लाखको ओपनिङ गरेको यस फिल्मले अपेक्षाअनुसारको व्यापार भने गर्न सकेन। 

यस फिल्ममा दयाहाङ र आँचलका साथै माओत्से गुरुङ, पुष्कर गुरुङ, विजय बराल, ऋचा शर्मा, बुद्धि तामाङ र प्रकाश घिमिरेको लगायतको अभिनय छ।

रामबाबुकै लेखन रहेको फिल्मको निर्माता विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ छन्। यस फिल्मले शैक्षिक बेरोजगारीको कथा भन्छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .