बलिउड अभिनेत्री दीपिका पादुकोण छिट्टै आमा बन्दैछिन्। आमा बन्न लागेकी दीपिका हालै एक ब्रान्डको कार्यक्रममा पुगेकी थिइन्। जहाँ उनले सनसाइन पहेँलो गाउन लगाएकी थिइन्। जुन ड्रेसको चर्चा समेत भएको थियो।
त्यही दीपिका पादुकोणको लगाएको पहेँलो गाउन ३४ हजार भारुमा बिक्री भएको छ। च्यारिटीका लागि यस गाउनलाई लिलामीका लागि राखिएको थियो। गौरी र नैनिकाले डिजाइन गरेको यस गाउनलाई ३४ हजारमा बेचिएको हो। उक्त रकम दीपिका आफैंले स्थापना गरेको लाइभ लभ लाफ फाउन्डेसनमा पठाइएको छ।
पछिल्लोपटक ‘फाइटर’ मा देखिएकी दीपिका सेप्टेम्बरमा पहिलो सन्तानलाई जन्म दिनेछिन्। गत फ्रेबुअरीमा दीपिकाले आफू गर्भवती भएको खुलासा गरेकी थिइन्।
उनी प्रभास स्टारर दक्षिण भारतीय फिल्म ‘कल्कि ‘२८९८ एडी’ सहित ‘सिंगम अगेन’ मा देखिनेछिन्।
216
Shares
प्रतिक्रिया