सरकारले काभ्रेपलाञ्चोकको बनेपामा चलचित्र छायाङ्कनको स्टुडियो निर्माण गर्ने भएको छ।
आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले काभ्रेपलाञ्चोकको बनेपामा चलचित्र छायाङ्कन स्टुडियो निर्माण कार्य सुरू गरिने बताएका हुन्।
त्यसैगरि, दोलखा चलचित्र नगरीलाई सार्वजनिक साझेदारमा निर्माण कार्यलाई अगाडि बढाइने बजेटमा उल्लेख छ। चालु वर्षको बजेमा पनि दोलखामा अन्तर्राष्ट्रिय चलचित्र नगरी निर्माणको समावेश गरिएको थियो।
२०८१/०८२ को बजेटमा सञ्चार तथा सुचना प्रविधी मन्त्रालयको लागि ७ अर्ब ३५ करोड विनियोजन गरिएको छ।
15
Shares
प्रतिक्रिया