ad ad

कला


यस्तो छ ‘लण्डन टु पेरिस’ को डान्सिङ प्याटनको ‘सुवी डु’ गीत

यस्तो छ ‘लण्डन टु पेरिस’ को डान्सिङ प्याटनको ‘सुवी डु’  गीत

नेपालखबर
जेठ १८, २०८१ शुक्रबार १५:९, काठमाडौँ

‘लण्डन टु पेरिस’को तेस्रो गीत ‘सुवी डु’ सार्वजनिक भएको छ। शुक्रबार रिलिज गरिएको रोमान्टिक गीतमा बियोण्ड र प्रबिसा अधिकारीको स्वर सुन्न सकिन्छ।

रोमान्टिक प्याटनमा तयार पारिएको गीतमा बियोण्डको शब्द र संगीत रहेको छ। डान्सिङ नम्बरको गीतमा साम्राज्ञी राज्यलक्ष्मी शाह, निश्चल खड्का, गरिमा शर्मा, कविर खड्का, मनिष गान्धी र रुष्मा थापा फिचर्ड छन्। निश्चल र गरिमाले यही सिनेमाबाट डेब्यू गरेका हुन्।

यस गीतलाई अस्कर विजेता कोरियोग्राफर लंगनेस फर्नान्डेजको कोरियोग्राफी गरेका हुन्। यस फिल्मले ट्राभल लभस्टोरीको कथा पेस गर्छ। फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन्।

एबी इन्टरनेश्नलको प्रस्तुति रहेको सिनेमामा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य रहेको छ। अमित बस्नेतले निर्माण गरेको सिनेमामा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा रहेका छन्।

सनिश खकुरेल र अजित केआर थापा सिनेमाको सह-निर्माता हुन् भने अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी यसका कार्यकारी निर्माता हुन्। यो फिल्म जेठ २५ गतेबाट रिलिज हुँदैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .