ad ad

कला


‘गाउँ आएको बाटो’को हङकङमा विशेष प्रदर्शनी हुने

‘गाउँ आएको बाटो’को हङकङमा विशेष प्रदर्शनी हुने

नेपालखबर
असोज २, २०८१ बुधबार १६:५३, काठमाडौँ

चलचित्र ‘गाउँ आएको बाटो’को हङकङमा विशेष प्रदर्शन गरिने भएको छ।

नवीन सुब्बा निर्देशित चलचित्र २० अक्टोबरमा गोल्डेन सिन सिनेमामा प्रदर्शन गरिने भएको हो।

निर्माता अमोद राईले हङकङको गोल्डेन सिन सिनेमाले पहिलोपटक नेपाली चलचित्रको वितरण अधिकार किनेको बताए।

‘गोल्डेन सिन सिनेमाकै हलमा प्रदर्शन गर्न लागिएको हो,’ उनले भने, ‘यो चलचित्र हङकङवासीका लागि विशेष छ। नेपालको फिल्ममेकिङ इतिहासमा धेरै हङकङका चिनियाँ फिल्ममेकरहरू यो चलचित्र संलग्न भएर काम गरेका छन्।’

चलचित्रमा सम्पादन ताइवानका क्वान पुन लुङ र संगीत हङकङकी संगीतकार हाइडी लीले गरेकी हुन्।

हङकङमा रहेका देवराज राई कार्यकारी निर्माता रहेको चलचित्रमा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बालगायतको अभिनय छ।

चलचित्रको सहनिर्माताका रूपमा हङकङबाट अरुण राई, मातृदिप राई, रामली राई, सुमन वोनेम, मायादेवी राईलगायत रहेका छन्।

फिल्मलाई यसअघि क्यानडाको टोरोन्टो, दक्षिण कोरियाको बुसान, ब्राजिलको साउपाउलो, भारतको मुम्बई, स्विडेनको गोटेबर्ग, चीनको बेइजिङलगायत महोत्सवमा प्रदर्शन गरिएको थियो।

चलचित्रको छायांकन अमेरिकी छायाकार जोस हेरमले गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .