ad ad

कला


अजय स्टारर फिल्म ‘सिंघम अगेन’ दीपावलीमै रिलिज हुने

अजय स्टारर फिल्म ‘सिंघम अगेन’ दीपावलीमै रिलिज हुने

नेपालखबर
असोज २, २०८१ बुधबार १५:४६, काठमाडौँ

बलिउड फिल्म ‘सिंघम अगेन’ निर्धारित मितिमै प्रदर्शन हुने भएको छ। अजय देवगन अभिनित यो फिल्म आगामी दीपावली अर्थात १ नोभेम्बरमा रिलिज हुने पक्का भएको हो।

केहीदिनअघि फिल्मको रिलिज मिति सरेको हल्ला चलेको थियो। तर, बलिउड फिल्म समीक्षक तरण आदर्शले यो फिल्म दीपावलीमै आउने बलिउड हंगामामा उल्लेख गरेका छन्।

योसँगै ‘सिंघम अगेन’ फेरि ‘भुलभुलैया ३’ सँग भिड्नेछ। ‘भुलभुलैया ३’ ले पनि दिपावलीकै मिति तोकिसकेको छ। दुवै सफल फिल्मको शृंखला हुँदा बक्सअफिसमा कडा भिडन्त हुने देखिन्छ।

यस फिल्ममा कार्तिक आर्यन र तृप्ति डिमरी मुख्य भूमिकामा छन्। मञ्जुलिकाको भूमिकामा विद्या बालन पनि देखिनेछिन्। यसअघि भुल भुलैया फ्रेन्चाइजका दुई फिल्म रिलिज भइसकेका छन्।

‘सिंघम अगेन’ का निर्माताले यसबारे आधिकारिक धारणा सार्वजनिक गर्न लागेको आदर्शले उल्लेख गरेका छन्। यस फिल्ममा अजयसहित अक्षय कुमार, रणवीर सिंह, करिना कपुर र दीपिका पादुकोण लगायतको अभिनय छ। अर्जुन कपुर खलनायकको भूमिकामा छन्।

‘सिंघम अगेन’ सन् २०११ मा रिलिज भएको सिंघमको तेस्रो श्रृखंला हो। यसमा अजय देवगनले पुलिस अफिसर बाजीराव सिंघमको भूमिका निभाएका छन्। यसको दोस्रो सिक्वेल ‘सिंघम रिटर्न्स’ सन् २०१४ मा रिलिज भएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .