ad ad

कला


‘इट्स माई शो’ विवाद : सुरज सिंह ठकुरीले भने- मेरो ब्रान्ड ध्वस्त भयो

‘इट्स माई शो’ विवाद : सुरज सिंह ठकुरीले भने- मेरो ब्रान्ड ध्वस्त भयो

नेपालखबर
असार १२, २०८१ बुधबार १३:२०, काठमाडौँ

पछिल्लो समय कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम ‘इट्स माई शो’ विवादले घेरिएको छ। कार्यक्रमकी प्रस्तोता ओसिन सिटौला र अन्तर्वार्ता दिन पुगेका अभिनेत्रीद्वय स्वस्तिमा खड्का र साम्राज्ञी राज्य लक्ष्मी शाहको अहिले चर्को आलोचना भइरहेको छ।

यसैबीच, ‘इट्स माई शो’ का पूर्वप्रस्तोता तथा निर्माता सुरज सिंह ठकुरीले पनि यसविषयमा टिप्पणी व्यक्त गरेका छन्। इन्स्टाग्राममा एक पोस्ट लेख्दै ठकुरीले कान्तिपुर टिभीसहित यस शोसँग हाल आफ्नो कुनै पनि संलग्नता नरहेको बताएका छन्।

‘कान्तिपुर टिभीमा सुरजसिंह ठकुरीसँगको इट्स माई शोसँगको सम्बन्धलाई लिएर केही अन्योल भएको छ। म यो स्पष्ट गर्न चाहन्छु कि म अब कुनै पनि हैसियतमा शोमा आबद्ध छैन। या त होस्ट वा प्रमुख कार्यकारी निर्माताको रूपमा,’ उनले लेखेका छन्, ‘मलाई हालको कार्यक्रममा केही दुर्भाग्यपूर्ण टिप्पणीहरूबारे सचेत गराइएको छ, जसले बुझ्नैपर्ने दुःख र चिन्ता उत्पन्न गरेको छ। यो भएकोमा मलाई खेद छ, म यस कार्यक्रममा संलग्न छैन।’ 

आफूले यस कार्यक्रमका लागि निर्वाह गरेको इमान्दारी र ब्रान्ड ध्वस्त भएको उनको भनाइ छ। ‘म यति मात्र भन्न सक्छु कि मेरो २३ वर्षको समर्पण, इमानदारी र मेरो ब्रान्डप्रतिको वफादारी ध्वस्त भएको छ। एक टेलिभिजनकर्मीको रुपमा म दुःखी छु। र, यो सामग्रीको हिस्सा बन्न चाहन्न।’

वर्षोदेखि दर्शकहरुले दिएको अपार माया र समर्थनप्रति धन्यवाद दिँदै उनले भविष्यमा रमाइलो र गर्व गर्न सक्ने सामाग्री ल्याउने समेत जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .