ad ad

कला


मार्मिक छ ‘देवी’को टाइटल गीत (भिडिओ)

मार्मिक छ ‘देवी’को टाइटल गीत (भिडिओ)

नेपालखबर
भदौ ७, २०८१ शुक्रबार १४:६, काठमाडौँ

तीजको अवसरमा यही भदौ २१ गते प्रदर्शन हुने फिल्म ‘देवी’को शीर्ष गीत सार्वजनिक भएको छ। शुक्रबार सार्वजनिक टाइटल गीतमा मुख्य अभिनेत्री शिल्पा मास्के फिचर्ड छिन्।

स्वप्नील शर्माले गाएको गीतमा शब्द र कम्पोजिसन पनि उनका हुन्। समाज हुने बलात्कारदेखि कानुनसम्मका विषयवस्तु उठान गरिएको गीत निकै मार्मिक छ।

गीतको एउटा लाइनमा भनिएको छ- 

चीत्कार मेरोभन्दा बरु  तेरै अंगको भार बढी
योनी मेरो नै दोषी बन्यो तेरो कानुनी भुमरी

गीतको म्युजिक निर्माता भने रोहित शाक्य हुन्। मिङ्मा डि लेप्चाको कोरियोग्राफी तथा निर्देशन रहेको गीतमा वशिष्ठ घिमिरेको सुटिङ छ। भिडिओमा कोरससहित शिल्पाको नृत्यले दर्शकको ध्यान तान्छ। 

क्राइम थ्रिलर जनरामा निर्माण भएको सिनेमाका निर्देशक सञ्जोग राई हुन्।

फिल्मको कथा निर्देशक राईले अजय गौतमसँग मिलेर लेखेका हुन्।

एक्जिबिट स्टुडिओको प्रस्तुतिमा बनेको फिल्म टिमले सार्वजनिक प्रदर्शनका लागि बाँसुरी फिल्म्‌सँग सहकार्य गरेको छ।

यो फिल्म नेपालसहित विदेशमा पनि एकसाथ प्रदर्शनमा आउनेछ।

फिल्ममा शिल्पासहित गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुव कोइराला, निरिक्षा घतानी, विशाल पहारी, निरु खड्का, जीवनजंग खड्का र विकास पन्तले अभिनय गर्नेछन्। 

गीतको भिडिओ-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .