ad ad

कला


प्रदीप र सौगातको मुहूर्त सटबाट ‘पीताम्बर’को दोस्रो चरणको छायांकन सुरु

प्रदीप र सौगातको मुहूर्त सटबाट ‘पीताम्बर’को दोस्रो चरणको छायांकन सुरु

नेपालखबर
भदौ ११, २०८१ मंगलबार १४:१२, काठमाडौँ

फिल्म ‘पीताम्बर’को छायांकन सुरु गरिएको छ। सोमबार श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभमुहूर्त गर्दै फिल्मको सुटिङ बालाजुस्थित एनएफडीसी ल्याबबाट सुरु गरिएको हो।

फिल्मकी निर्देशक कृषा चौलागाईले दोस्रो चरणको छायांकनको पहिलो दिन अभिनेता प्रदीप खड्का र सौगात मल्लको मुहूर्त सटबाट छायांकन सुरु गरेको बताइन्। 

अभिनेता अनुपविक्रम शाही र अभिनेत्री आँचल शर्मा बाहेक सवै कलाकारले सिनेमाको सुटिङ सुरु गरेको जानकारी उनले दिइन्। अनुप अमेरिकाबाट फर्के पश्चात र आँचलले ‘वर एण्ड वधु’ रिलिजपछि सिनेमाको छायांकनमा जोडिने छन्।

केही दिनमा काठमाडौँको छायांकन सकेर सिनेमाको निर्माण टिम बाँकी छायांकनको लागि नवलपरासी पुग्ने छ। फिल्मको पहिलो चरणको छायांकन पनि नवलपरासीमा नै गरिएको थियो। ‘पीताम्बर’ निर्देशक कृषाको ‘ऐंचो पैंचो’ पश्चात दोस्रो निर्देशकिय सिनेमा हो। यो उनको ड्रिम प्रोजेक्ट समेत रहेको बताइएको छ।

सिनेमामा सौगात र प्रदीपका अलवा दयाहाङ राई, आँचल शर्मा, प्रमोद अग्रहरी, अनुप विक्रम शाही, दिव्य देव, सुरक्षा पन्त, कामेश्वर चौरसिया, सुपुष्पा भट्ट, गौरव बिष्ट, विशाल पहारीको अभिनय रहने छ। सिनेमामा अभिनेता आर्यन सिग्देल पनि बिशेष भुमिकामा देखिने छन्।  

केपी फिल्मस्ले पुरुषोत्तम प्रधान फिल्मस्सँग सहकार्य गरेको ‘पिताम्बर’लाई पुरुषोत्तम प्रधानले खिच्नेछन्। सिनेमाको निर्मातामा विशाल चौलागाई छन्। प्रदीप भारद्धाजको लेखन रहेको सिनेमाको बजेट ५ करोड बताइएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .