ad ad

कला


‘शाम्बाला’को प्रिमियरमा सहभागी हुन नेपाल आउँदै बलिउड निर्देशक कश्यप र अभिनेता सिद्दीकी

‘शाम्बाला’को प्रिमियरमा सहभागी हुन नेपाल आउँदै बलिउड निर्देशक कश्यप र अभिनेता सिद्दीकी

नेपालखबर
भदौ १८, २०८१ मंगलबार २१:३६, काठमाडौँ

बलिउड निर्देशक अनुराग कश्यप र अभिनेता नवाजुद्दिन सिद्दीकी फिल्म ‘शाम्बाला’को प्रिमियरमा सहभागी हुन नेपाल आउने भएका छ्न्।

भदौ २३ गते काठमाडौँमा हुने फिल्मको नेपाल प्रिमियरको लागि उनीहरू २२ गते नेपाल आइपुग्नेछन्।

मीनबहादुर भामको निर्देशनमा बनेको यो फिल्म भदौ २८ देखि प्रदर्शनमा आउँदैछ। निर्देशक भाम र नवाजुद्दिनको पहिलो भेट बर्लिन फिल्म फेस्टिभलमा भएको थियो, जहाँ नवाजुद्दिनले ‘शाम्बाला’ हेर्ने इच्छा व्यक्त गरेका थिए। त्यस समयमा उनीहरूबीच सँगै काम गर्ने कुराकानी पनि भएको थियो।

‘यसपटक, नवाजुद्दिन र अनुराग कश्यप विशेष अतिथिको रूपमा प्रिमियरमा उपस्थित हुनेछन्,’ फिल्मका एसोसियट निर्माता मिन्सो लिम्बूले बताए।

‘शाम्बाला’ बर्लिन फिल्म फेस्टिभलको प्रमुख प्रतिस्पर्धामा छनोट हुने पहिलो नेपाली फिल्म हो।

हालै, यस फिल्मकी प्रमुख अभिनेत्री थिन्ले ल्हामोले लोकार्नो फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनयका लागि ‘बोक्कालिनो डिओर’ अवार्ड जितेकी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .