ad ad

कला


सलोनको फिल्म ‘रंगी’बाट डेब्यु गर्दै पूर्वमिस नेपाल नम्रता श्रेष्ठ

सलोनको फिल्म ‘रंगी’बाट डेब्यु गर्दै पूर्वमिस नेपाल नम्रता श्रेष्ठ

नेपालखबर
भदौ २८, २०८१ शुक्रबार १०:५८, काठमाडौँ

फिल्म ‘रंगी’मा पूर्वमिस नेपाल नम्रता श्रेष्ठ अनुबन्ध भएकी छन्। ‘मिस वर्ल्ड नेपाल २०२०’ की विजेता उनले फिल्ममा डेब्यु गर्न लागेकी हुन्। 

सलोन सलिना फिल्मस् प्रालिको ब्यानरमा बन्ने फिल्मको प्रस्तुतकर्ता अभिनेता सलोन बस्नेत हुन्।

 नम्रताले फिल्ममा आफ्नो क्यारेक्टर मन परेकाले काम गर्न सहमत भएको बताइन्।

‘रंगीको स्क्रिप्ट पढ्दा मैले स्कुल पढाउँदाको समय सम्झिएँ। एउटा आमाजस्तो भूमिका गर्नुपर्ने भएकाले पनि काम गर्न मन लाग्यो’, उनले भनिन्।

नम्रताले यसअघि आफूलाई एक वेब सिरिजका लागि अफर आए पनि आफ्नो भूमिका चुनौतीपूर्ण र विवादास्पद लागेकाले अभिनय नगरेको पनि खुलाइन्।

‘छक्का पन्जा’, ‘ए मेरो हजुर २’, ‘यात्रा’, ‘म यस्तो गीत गाउँछु २’, ‘कृ’लगायतका फिल्ममा मुख्य सहायक निर्देशनको अनुभव सँगालेका सुरेश न्यौपानले यही फिल्ममार्फत निर्देशनमा ‘डेब्यु’ गर्दै छन्। 

यसअघि निर्माण पक्षले फिल्मको टाइटल पोस्टर सार्वजनिक गरेको छ। जहाँ साइकलमा बसिरहेकी एक बालिका र उनीसँग खेल्दै गरेका एक पुरुष देखाइएको छ। उनीहरू बाबु-छोरी रहेको अनुमान लगाउन सकिन्छ।

पृष्ठभूमिमा सूर्यास्त हुँदै गरेको देखाइएको छ। फिल्मले बाबु छोरीको कथालाई चित्रण गर्ने अनुमान गर्न सकिन्छ।

सक्षम सुवेदीको निर्माण रहने फिल्ममा सुमन गजमेरको लेखन छ। फिल्ममा सौरभ लामा छायाकारका रूपमा अनुबन्ध भइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .