ad ad

कला


स्थापनाको ३२ वर्षको अवसरमा कन्दरा ब्यान्डले वर्ल्ड टुर गर्ने

स्थापनाको ३२ वर्षको अवसरमा कन्दरा ब्यान्डले वर्ल्ड टुर गर्ने

नेपालखबर
असोज ३, २०८१ बिहिबार १५:४, काठमाडौँ

चर्चित लोकपप ब्यान्ड कन्दराले वर्ल्ड टुरको घोषणा गरेको छ।

स्थापनाको ३२ वर्षको अवसरमा ब्यान्डले सन् २०२४र०२५ का लागि आठ देशका कन्सर्टको लाइनअप पनि सार्वजनिक गरेको छ।

‘पहिले घर अनि परदेश’ वर्ल्ड टुरको नारा रहेको छ। जसअनुसार अक्टोबरदेखि नोभेम्बरमा ब्यान्डले नेपालका विभिन्न स्थानमा सांगीतिक प्रस्तुति दिनेछन्।

त्यसपछि भने ब्यान्ड विदेशतर्फ जानेछ। नोभेम्बर–डिसेम्बरमा युरोप, जनवरीमा बेलायत र दुबई, फेब्रुअरीमा जापान, मार्च-अप्रिलमा अस्ट्रेलिया र न्युजिल्याण्ड, मेमा अमेरिका र जुनमा क्यानडामा टुर गर्ने मिति तय भएको छ।

ब्यान्डको लिड भोकलिस्टमा विवेक श्रेष्ठ, ड्रममा सुनिल थापा, गितारमा देव लामा, बेस गितारमा पंकज झा, मादलमा अविनाश गायक र किबोर्डमा नीरज बिके रहेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .