ad ad

कला


कात्तिक ९ मा रिलिज नहुने भयो नाजिर अभिनित फिल्म ‘गुन्यो चोलो: द ड्रेस’

कात्तिक ९ मा रिलिज नहुने भयो नाजिर अभिनित फिल्म ‘गुन्यो चोलो: द ड्रेस’

नेपालखबर
असोज १०, २०८१ बिहिबार १३:१९, काठमाडौँ

नाजिर हुसेनको मुख्य भूमिका रहेको फिल्म ‘गुन्यो चोलोस् द ड्रेस’ को रिलिज मिति सरेको छ। कात्तिक ९ गतेबाट रिलिज हुने भनिएको फिल्मको प्रदर्शन मिति स्थगित भएको हो।

फिल्मकी निर्देशक समुन्द्र भट्टले रिलिज मिति सारिएको बारे फेसबुकमा उल्लेख गरेकी छिन्। साथै उनले केही विशेष तयारीको योजनाको कारण सारिएको बताउँदै माफीसमेत मागेकी छिन्। 

‘कार्तिकको ९ गते रिलिज हुने भनी घोषणा गरिएको थियो। तर, केही विशेष तयारी गर्ने योजना भएको कारणले केहि समयका लागि स्थगित भएको जानकारी गराउन चाहन्छौं। संगै एउटा ठुलो खुसीको खबरका साथ नयाँ रिलिज डेट संगै हामी फेरि पनि आउने छौँ,’उनले लेखेकी छिन्। 

यस फिल्ममा नाजिरसँगै सुशिल सिटौला, राजकुमार घोष, सञ्जिता लुइँटेल, शिशिर राणा, अनुपम श्रेष्ठ, विशाल पहारीलगायतको अभिनय छ। फिल्मको पटकथा तथा संवाद समुन्द्र भट्ट र नाजिर हुसेनको तयार पारेका हुन्। 

यसमा नाजिर पारलैंगिक महिला (ट्रान्सवुमन) को भूमिकामा देखिएका छन्। यसकै लागि उनले १५ केजी तौल समेत घटाएका थिए। यसअघि फिल्मको नाम ‘गुलाबी’ राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .