ad ad

कला


एक दशकपछि सुरु हुँदै मदनकृष्ण र हरिवंशको ‘महजात्रा’

एक दशकपछि सुरु हुँदै मदनकृष्ण र हरिवंशको ‘महजात्रा’

नेपालखबर
असोज १०, २०८१ बिहिबार १३:५२, काठमाडौँ

वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले देशव्यापी ‘महजात्रा’ आयोजना गर्ने भएका छन्। 

महजोडीको नामलेसमेत चर्चित श्रेष्ठ र आचार्यले दशकपछि कात्तिक २९ गतेदेखि मंसिर २८ सम्म काठमाडौँको प्रज्ञा भवनसहित मोफलसलका सहरमा महजात्रा गर्न लागेका हुन्। 

मानवसेवा आश्रम र मीरा फाउन्डेसनको सहयोगार्थ सुश्री मिडियाले यो कार्यक्रम गर्न लागेको हो। काठमाडौँमा १२ र मोफसलका सहरमा १२ वटा कार्यक्रम तय गरिएको छ। 

महजोडीसहित किरण केसी, नरेन्द्र कंसाकार, शैलेन्द्र सिंखडा, राजाराम पौडेल, शिवहरि पोड्याल, यमन श्रेष्ठ, दिनेश काफ्ले र विभूषा बस्नेतले महाजात्रामा प्रस्तुति दिनेछन्। 

दमक, विर्तामोड, इटहरी धरान, विराटनगर, हेटौँडा, जनकपुर, वीरगञ्ज, नारायणगढ, बुटवल, भैरहवा, नेपालगञ्ज, धनगढी र पोखरामा पनि कार्यक्रम तय गरिएको छ। एक कार्यक्रमको अवधी दुई घण्टा ४० मिनेट रहनेछ। 

पछिल्लोपटक सन् २०१५ मा नेपालमा महजात्रा आयोजना गरिएको थियो। त्यसयता कोभिड लगायतका कारणले कार्यक्रम हुने सकेन। यसअघि अमेरिकाका ३८ राज्य, क्यानडाका ६ र अस्ट्रेलियाका ७ राज्यमा महजात्रा सम्पन्न भइसकेका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .