‘नहेर मलाई’ बोलको म्युजिक भिडिओ सार्वजनिक भएको छ।
विक्रम योङहाङले निर्देशन गरेको भिडिओले दुई प्रेमीबीचको सम्बन्धको कथा भन्छ।
फोटो खिच्दै एउटा गाउँ पुगेको फोटोग्राफरको भेट गाउँकी युवतीसँग हुन्छ र उनीहरूबीच प्रेम मौलाउँदै जान्छ।
भिडिओमा कलाकार रमिता राई, युगल लिम्बु र उत्तम योङहाङ फिचर्ड छन्। रमिता र युगल रंगकर्मीसमेत हुन्।
त्यसैगरी अञ्जु आङ्बो, अनिषा योङहाङ, बाना केरुङ, हैकम थुलुङ, फुङ्गना योङहाङ र रुपा लिम्बुको पनि अभिनय देख्न सकिन्छ।
भिडिओलाई भूपेन योङहाङले खिचेका हुन्।
निर्देशक विक्रमकै शब्द रहेको गीतमा गायक दीपक तामाङको स्वर छ भने गोविन्द चेमजोङले संगीत भरेका छन्।
गीत पुष्कर खत्रीले एरेन्ज गरेका हुन्।
भिडिओ-
39
Shares
प्रतिक्रिया