रोचक


यी व्यक्तिले १६ सेकेण्डका लागि फुकाले मास्क, भयो लाखौंको जरिवाना

यी व्यक्तिले १६ सेकेण्डका लागि फुकाले मास्क, भयो लाखौंको जरिवाना

नेपालखबर
माघ २०, २०७८ बिहिबार ८:५, काठमाडौँ

बेलायतका एक व्यक्तिले केवल १६ सेकेण्डको लागि मास्क खोल्दा २ हजार पाउण्ड (करिब ३ लाख २३ हजार नेपाली रुपैयाँ) बराबरको जरिवाना लगाइएको दाबी गरेका छन्।

क्रिस्टोफर ओ’टुले नाम गरेका ती व्यक्तिले इंगल्याण्डको प्रेस्कटमा बीएण्डएममा समग्री खरिद गर्दा मास्क लगाएका थिए।

तर, स्वास्थ्य अवस्था ठीक नभएको महसुस भएपछि केही सेकेण्डको लागि मास्क हटाएका थिए। 

सोही क्रममा स्टोरमा रहेका एक प्रहरीले उनीसँग गएर मास्क नलगाएको भन्दै जरिवाना काटिदिए।

लिभरपुलइको अनलाइन न्युज पोर्टलका अनुसार सुरुमा उनलाई १ सय पाउण्ड जरिवाना गरिएको थियो।

तर, उनले इमेलमा स्पष्टीकरण दिँदै जरिवाना तिर्न अस्वीकार गरे। त्यसपछि उनलाई अर्को एक पत्र पठाइयो। जसमा उनको जरिवाना बढाइएको थियो। 

क्रिस्टोफरले उक्त जरिवाना बराबरको आम्दानी आफ्नो समग्र एक महिनामा पनि नहुने बताएका छन्। 

अहिले यो मुद्दा बेलायतको अदालतमा पुगेको छ र अदालती प्रक्रिया चलिरहेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .