रोचक


छात्रमा ‘यौन उत्तेजना’ हुने भन्दै जापानमा छात्रालाई कपाल बाँध्न रोक!

छात्रमा ‘यौन उत्तेजना’ हुने भन्दै जापानमा छात्रालाई कपाल बाँध्न रोक!

नेपालखबर
फागुन ३०, २०७८ सोमबार १४:२५, काठमाडौँ

जापानको एक विद्यालयमा छात्राहरूलाई कपाल बाँधेर पुच्छरजस्तो बनाएर छाड्न प्रतिबन्ध लगाइएको छ। छात्रहरूलाई यौन उत्तेजना हुनसक्ने भन्दै छात्राहरूलाई कपाल त्यसरी बाँध्नमा रोक लगाइएको हो। 

यसअघि पनि विभिन्न किसिमको अनौठो नियमको कारण चर्चित रहेका जापानी विद्यालयमा अहिले नयाँ नयाँ नियमले चर्चा पाएको हो। 

जापानको निम्न माध्यमिक तहमा अध्यापन गराइरहेको मोटोकी सुगियामाले आफूलाई प्रशासनले छात्राहरूलाई आफ्नो कपाल बाँध्नबाट प्रतिबन्ध लगाएको बताए। छात्राहरूले कपाल बाँध्दा उनीहरूको गर्धन देखिने र यसले छात्रहरूमा यौन उत्तेजना हुने प्रशासनको तर्क छ। 

भाइस वर्ल्ड न्युजसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्। यसअघि जापानमा छात्राहरूलाई भित्री वस्त्र सेतो लगाउनुपर्ने नियम पनि ल्याइएको थियो। यसको उद्देश्य पनि अन्य रङको वस्त्र लगाउँदा बाहिरबाट देखिने र त्यसले छात्रहरूमा यौन उत्तेजना हुने रहेको थियो। 

‘मैले सधैं यो नियमको विरोध गर्दै आएको छु तर धेरैले यसको विरोध गर्दैनन् र विद्यार्थीहरूलाई पनि यो सामान्य लागिसकेको छ। त्यसैले उनीहरूसँग यसलाई मान्नुको विकल्प पनि छैन’, सुगियामाले भने। 

जापानमा कति विद्यायलमा छात्राहरूलाई कपाल बाँध्नमा प्रतिबन्ध लगाइएको छ भन्ने तथ्यांक छैन तर सन् २०२० को एक सर्वेक्षणका अनुसार फुकोउका प्रान्तमा १० मध्ये १ विद्यालयमा यस किसिमको प्रतिबन्ध रहेको थियो। 

सुगियामाले पछिल्लो ११ वर्षमा शिजुओका प्रान्तका विभिन्न ५ विद्यालयमा पढाएका छन्। उनले पढाएकामध्ये सबै विद्यालयमा छात्राहरूलाई यसरी कपाल बाँध्नमा प्रतिबन्ध लगाइएको छ। 
 

यो नियमको विरोधमा जापानमा विभिन्न समयमा प्रदर्शन पनि भएको छ तर अझै पनि धेरै विद्यालयले यो नियम परिवर्तन गरेका छैनन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .