रोचक


अस्पतालले गरिदियो चार वर्षे बालकको ‘भ्यासेक्टोमी’, अभिभावकले मागे ६ करोड क्षतिपूर्ति

अस्पतालले गरिदियो चार वर्षे बालकको ‘भ्यासेक्टोमी’, अभिभावकले मागे ६ करोड क्षतिपूर्ति

प्रतीकात्मक तस्बिर


नेपालखबर
असार ७, २०७९ मंगलबार १४:१५, काठमाडौँ

कुनै पनि काममा कहिलेकाहीँ गल्ती हुन्छ। तर, एक बालकको भ्यासेक्टोमी गरिदिनु गम्भीर गल्ती हो।

यस्तै घटना अमेरिकाको टेक्सासमा घटेको छ।  टेक्सास स्थित होउस्टनमा रहेको चिल्ड्रेन्स हस्पिटलले चार वर्षीय बालकको भ्यासेक्टोमी गरिदिएको छ। शरीरमा कमजोरी हुने हेरिना नामक रोगको लागि शल्यक्रिया गर्ने क्रममा डाक्टरले बालकको वीर्य प्रवाह हुने नली काटिदिएका थिए।

जसको कारण बालकले जीवनभर बाँझोपनको समस्या भोग्नुपर्ने हुन सक्छ। अब यो समस्या समाधानको लागि बालकको अर्को शल्यक्रिया गर्नुपर्ने हुन्छ।

बालकको तर्फबाट मुद्दा लडेका अधिवक्ताले यो सामान्य गल्ती नभएको बताए।

समाचारमा उल्लेख गरिएअनुसार डाक्टर सुसन जारोस्जले बालकको शल्यक्रिया गरिरहेका थिए। उनीबाटै यो गल्ती भएको हो। 

बालकका अभिभावकले अस्पताल र डाक्टरविरुद्ध ५ लाख अमेरिकी डलर (करिब ६ करोड २३ लाख ८७ रुपैयाँ) क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेका छन्। अमेरिकामा यस किसिमको मुद्दामा पाउने यो अधिकतम क्षतिपूर्ति हो। 

स्थानीय सञ्चारमाध्यमका अनुसार अस्पतालले भने कुनै विशेष मुद्दाको विषयमा प्रतिक्रिया दिन नचाहने तर अस्पतालमा आउने हरेक मानिसको स्वास्थ्य अस्पतालको प्रमुख प्राथमिकतामा रहेको बताएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .