ad ad

गण्डकी


पोखरा महानगरपालिकाको बजेट ७ अर्ब ५१ करोड (पूर्णपाठ)

पोखरा महानगरपालिकाको बजेट ७ अर्ब ५१ करोड (पूर्णपाठ)

नेपालखबर
असार १०, २०८१ सोमबार २१:१५, पोखरा

पोखरा महानगरपालिकाको आर्थिक वर्ष २०८१/०८२ को लागि ७ अर्ब ५१ करोड ३२ लाख ८३ हजार रुपैयाँको बजेट ल्याएको छ। चालु आर्थिक वर्षको भन्दा ४३ करोड रुपैयाँ बढेर आएको हो।

चालु आर्थिक वर्षको बजेट ७ अर्ब ८ करोड ३४ लाख २४ हजार रुपैयाँको बजेट थियो। यो संशोधित बजेट हो। बजेट वक्तव्यको क्रममा महानगरले चालु आर्थिक वर्षको लागि ७ अर्ब १५ करोड १५ लाखको आय–व्यय विवरण प्रस्तुत गरेको थियो।

महानगरले पूर्वाधार विकासतर्फ १ अर्ब ६५ करोड रुपैयाँ, शिक्षा तथा खेलकुदको लागि एक अर्ब ६५ करोड रुपैयाँ, सामाजिक विकासतर्फ २२ करोड रुपैयाँ विनियोजन गरेको छ।

महानगरले बजेटको स्रोतमध्ये संघीय सरकार अनुदानबाट ४ अर्ब २० करोड २२ लाख एक हजार, प्रदेश सरकार अनुदानबाट ९ करोड ६३ लाख ८१ हजार, आन्तरिक आयबाट एक अर्ब ५५ करोड ५१ लाख ४० हजार प्राप्त हुने अनुमान गरेको छ।

स्थानीय राजस्व बाँडफाँटबाट १ अर्ब १२ करोड ६ लाख ६१ हजार र रोयल्टी बाँडफाँटबाट ५४ लाख २४ हजार व्यहोर्नेछ। नगर विकास कोष ऋण चार करोड ४ लाख ८० हजार ब्यहोर्ने महानगरको अनुमान रहेको गुरुङले बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .